
खाल्डोमा गाडिएको अवस्थामा महिलाको शव फेला
१७ बैशाख २०७९, शनिबार २३:५५
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता काफ्ले हराइरहेको भन्दै प्रहरीमा हुलिया सहित जाहेरी गरेको थियो ।
परिवारको जाहेरीको आधारमा खोजी गर्दा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो । काफ्लेलाई हत्या गरेर खाल्डोमा गाडिएको हुनसक्ने आशङ्का छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
काफ्लेको शव अहिलेसम्म पोस्टमार्टम लागि समेत पठाइएको छैन । ‘घटना कम्लिकेटेड देखिए शव पोस्टमार्टम लागि धरान पठाउँछौ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘हामी हेर्दैछौ ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी