Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

तनहुँको देवघाटमा दलित महिला सदस्य निर्विरोध

१८ बैशाख २०७९, आईतवार ००:०२

तनहुँ – तनहुँमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । देवघाटमा गाउँपालिकामा एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएसँगै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोल्न सफल भएको हो ।

देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थमनसिंह थापाले बताए । ‘उहाँको मात्रै एकल उम्मेद्वारी परेपछि उहाँ निर्विरोध हुनु भएको छ । निर्विरोध विजय भएको घोषणा गरिसकेका छौँ । मतदानको दिन प्रमाणपत्र प्रदान हुन्छ’, निर्वाचन अधिकृत थापाले भने । विकले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएकी थिइन् ।

अब ३० वैशाखमा ४४४ जनप्रतिनिधी चयनका लागि मतदान हुनेछ । एक हजार ६३५ जना चुनावी मैदानमा होमिएका छन् । दुई लाख ४४ हजार ३ सय ४० मतदाताले नगरपालिका, गााउँपालिका र वडा हाँक्ने नेतृत्व चयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार