नेपाल-भारत: भारतीय सेनाध्यक्ष जनरल पाण्डेको नियुक्तिपछिको पहिलो कुराकानी नेपाली समकक्ष प्रधानसेनापती महारथी जनरल प्रभुराम शर्मासंग – भारतीय प्रधानमन्त्री मोदी ‘बुद्ध जयन्ती’का दिन गर्नुहुनेछ लुम्बिनी भ्रमण


भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका प्रधान सेनापति महारथी जनरल प्रभुराम शर्मासंग भारतीय सेनाध्यक्षले भिडियो कन्फ्रेन्सिङ मार्फत् बुधबार करिब ४५ मिनेट कुराकानी गर्नुभएको थियो ।

उक्त भिडियो कन्फ्रेन्सिङका दौरान दुवै जनरलले द्विपक्षीय रक्षा सहयोगका विभिन्न सन्दर्भहरुमाथी चर्चा गर्नुभएको थियो ।

दुवै देशका सैन्य नेतृत्वकाबीच सम्पन्न उक्त भिडियो कन्फ्रेन्सिङका दौरान प्रधान सेनापति महारथी जनरल प्रभुराम शर्मा तथा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले द्विपक्षीय रक्षा सहयोगलाई वृद्धि गर्नुका साथै रक्षासँग सम्बन्धीत अन्य कैंयन मुद्दाहरुमाथी चर्चा गर्नुभएको थियो । स्मरणीय रहोस् भारतका नव नियुक्त थल सेनाध्यक्षले पदभार ग्रहण पश्चात आफ्नो पहिलो विदेश संवादका क्रममा नेपाली समकक्षसँग कुराकानी गर्नुभएको हो । नेपाल-भारत सम्बन्धमा यो आफैमा एउटा एतिहासिक क्षण थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण
त्यस्तै यो फोनवार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही मे १६ का (वैशाख पुर्णीमा)को दिन नेपाल भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री मोदी नेपालस्थित सिद्धार्थ गौतम बुद्धको जन्मस्थान लुम्बिनीको विशेष भ्रमण गर्दैहुनुहुन्छ । आजतकले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार अनिल परियारलाई उल्लेख यसबारे पुष्टी गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१९ मा प्रधानमन्त्रीको दोस्रो कार्यकाल सम्हालेपछिको यो पहिले नेपाल भ्रमण हुनेछ ।

भारतीय जनरल मनोज पाण्डे पूर्व थलसेनाध्यक्ष एमएम नरवणेको स्थानमा
५ दिन अघि जनरल मनोज पाण्डेले पूर्व थलसेनाध्यक्ष एमएम नरवणेको स्थानमा नियुक्त हुनुभएको हो । जनरल मनोज पाण्डे भारतीय कार्प्स अफ इन्जीनियर्सको पहिलो अधिकारी हुनुहुन्छ, जसले भारतीय सेना प्रमुखको पदभार ग्रहण गर्नुभएको हो ।

भारतीय जनरल मनोज पाण्डे यस अघि भारतको इस्टर्न कमाण्डको कमाण्डिङ अफिसरको जिम्मेवारी सम्हाल्नु भएको छ भने अण्डमान तथा निकोबार कमाण्डको कमाण्डर इन चीफको रुपमा समेत जिम्मेवारी पुरा गरिसक्नुभएको छ । भारतीय जनरल मनोज पाण्डे भारतको परम विशिष्ट सेवा मेडल, अति विशिष्ट सेवा मेडल तथा विशिष्ट सेवा मेडल जस्ता उपाधी प्राप्त गरिसक्नुभएको छ । वहाँले यस अघि जम्मू-कश्मीरमा एलओसीको ११७ इन्जीनियर रेजिमेन्टको नेतृत्वदायी भूमीका निभाइसक्नुभएको छ । भारतको वहूचर्चीत अपरेशन पराक्रमका क्रममा वहाँ रेजिमेन्ट कमाण्डर हुनुहुन्थ्यो ।


Loading comments...