वीरगञ्ज ५ को वडा अध्यक्षमा भिड्न थालेका शुशिल को हुन?


वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोल निवासी शुशिल सिंह क्षेत्री अगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा भिड्दै छन । उनी स्थानीयतह निर्वाचनमा वडाअध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालबाट भिड्ने थालेका हुन ।

गत २०७४ सालको स्थानीयतहको निर्वाचनमा ५९ मतान्तरले पराजित क्षेत्री यसपाली जित्नु पर्ने तयारीमा लागेका छन । स्थानीयबासीहरुको आग्रहमा यसपटक क्षेत्री वडाअध्यक्षको पदमा निर्वाचन लड्ने होमिएका चर्चा हुन थालेको छ ।

करिब दुई दशक देखि समाजिक सेवामा खट्दै आएका क्षेत्री वडाबासीको सुखदुखमा निरन्तर काँधमा काधँ मिलाएर खटिरहेका व्यक्ति मध्येका हुन । क्षेत्री मधेशमा जन्मिएको र हुर्किएकै कारण पटक पटक भएको मधेश आन्दोलनको समयमा पनि हक अधिकारका लागी विभिन्न आन्दोलनमा सहभागी भएको बताउँछन ।

उनी दोस्रो मधेश आन्दोलन २०७२ मा ६ महिना सम्म चलेको मितेरी पुलको धर्नामा सहभागी भएर हक अधिकारका लागी बोल्ने गरेको सुनाउँछन ।

स्थानीयबासीले २०७४ सालमा निर्वाचित वडाअध्यक्ष फेर्नु पर्ने भएको बताउँदै पनि यसपटक क्षेत्रीलाई मतदान गरेर निर्वाचित गराउने एकथरीले चर्चा गर्न थालेका छन ।
क्षेत्री कोरोना संक्रमण कोभिड १९ को पहिलो र दोस्रो लहरमा वडाका विपन्न परिवारलाई विभिन्न प्रकारका राहत उपलब्ध गराएको स्थानीयबासी बताउँछन । उनी आफ्नै व्यक्तिगत रकमबाट करिब ८० जना भन्दा बढि विपन्नलाई राहत उपलब्ध गराएका थिए ।

क्षेत्री वडाबासीको दुखमा निरन्तर खटिरह्ने मध्येका व्यक्ति भएकै कारण यसपालीको निर्वाचन उनलाई मतदान गरीने अधिकांश वडाबासीको प्रतिक्रिया रहेको छ ।

गत निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार बनेका मध्ये अधिकांशले यसपटक क्षेत्रीलाई सहयोग गर्न स्थानीयबासीले बताएका छन ।

स्थानीयका अनुसार २०७४ सालको निर्वाचन राजपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका कुमार रुपाखेती यसपटक क्षेत्रीलाई खुलेरै समर्र्थन गरेका छन ।

विगत देखि हालसम्मका वडाअध्यक्षहरु टेस्टेड भइसकेकाले राजनीतिक सुझबुझ भएको वडाअध्यक्षको रुपमा वडाका जनताले क्षेत्री जस्तो नेतृत्व पाए परिवर्तनको आशा राख्न सक्ने बताएका छन ।

समाजिक कार्यबाट होमिएका क्षेत्री अरुलाई सुन्ने, बुझ्ने सक्ने क्षमता भएको व्यक्तिको रुपमा मानिन्छन् । समयानुकूल विकास कार्यदेखि जनताको दुख सुखमा रात दिन लागि परेका हुन्छन् ।

समयानुकूल विकास, भ्रष्टाचार न्युनीकरण, सामाजिक न्याय र रुपान्तरणका लागि वडावासीको चाहना क्षेत्रीले नै जित्ने पक्का पक्की नै छ ।


Loading comments...