निर्वाचन आयाेगले ताेक्याे पुनः मतदान हुने केन्द्रकाे मिति, कहाँ कहिले ?


काठमाडाैँ – निर्वाचन आयाेगले पुनः मतदान हुने केन्द्रकाे मिति ताेकेकाे छ ।

वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन स्थगित भएका विभिन्न मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तोकिएको आयाेगका प्रवक्ता शालीग्राम शर्मा पाैडेलले बताए ।

सम्बन्धित निर्वाचन अधिकृतहरूले पुनः निर्वाचनका लागि मिति तोकी सूचना प्रकाशित गरेका हुन् ।

आयाेगका अनुसार स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ ।


Loading comments...