धनगढीमा १३५३ मत गन्दा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता


धनगढी– धनगढी उपमहानगरपालिकामा स्वतन्त्र पदका मेयर उम्मेदवारको अग्रता कायमै रहेको छ ।

१३५३ मत गणना हुँदा स्वतन्त्रका उम्मेदवार गोपाल हमालले ६१८ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका नृपबहादुर वडले उनलाई पछ्याइरहेका छन् । उनले हालसम्म ३५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका रणबहादुर चन्दले ५३ प्राप्त गरे । हालसम्म यहाँ २८४ मत बदर भएको छ ।


Loading comments...