बालेन साह र केशव स्थापितबीच २ सय १८ मतको अन्तर


काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्।

शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी अनुसार साहले ७६८ मत पाएका छन्।

उनलाई एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले ५५० मत पाएका छन्। बालेन र स्थापितबीच २१८ मतको फरक रहेको छ। कांग्रेस उम्मेदवार सिर्जना सिंहले ४२४ मत पाएका छन्।

त्यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोले ९२० मत पाउँदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रहेका राजेन्द्र श्रेष्ठले २४६ मत पाएका छन्।


Loading comments...