बालेन शाहले कटाए एक हजार मत, केशव स्थापित २१५ मतले पछाडि


काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।

३ हजार २५९ मतगणना हुँदा शाहले १ हजार ५३ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी केशव स्थापितले ८३८ मत प्राप्त गरेका छन्। स्थापित २१५ मतले पछाडि परेका छन्।

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ६३६ मत प्राप्त गरेकी छन्।

उपमेयरतर्फ सुनिता ढंगोलले सबैभन्दा धेरै ९२० मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २४६ मतमात्रै प्राप्त गरेका छन्। राप्रपा उम्मेदवारले २०८ मत प्राप्त गरेका छन्। उपमेयरमा सुनिताले लोकप्रिय मत पाएकी हुन्।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृतकाअनुसार अहिले काठमाडौंमा पाँच वटा बडाको निरन्तर मतगणना भइरहेको छ।


Loading comments...