नेपालको भ्रमणमा भारतीय प्रधानमन्त्री नरेंद्र मोदी, लुम्बिनीमा स्वागतको सबै तयारी पुरा


काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल आउदै हुनुहुन्छ । जसका लागि लुम्बिनीको सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी सक्किएर वहाँको स्वागतका लागि लुम्बिनी तयार रहेको छ ।

यस क्रममा प्रधानमन्त्री शेर बहादुर देउबा (Sher Bahadur Deuba) संग भारतीय प्रधानमन्त्रीको व्यापक स्तरमा कुराकानी हुने कार्यक्रम रहेको छ। कुराकानीको क्रममा जलविद्युत, विकास तथा सम्पर्क जस्ता कैंयन क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने विषयमा चर्चा हुने सम्भावना रहेको छ।

सन् २०१४ पछि मोदीको यो पाँचौ नेपाल यात्रा हो। भारतीय सूत्रका अनुसार, वहाँ नेपाली समयानुसार अपराह्न १ बजे लुम्बिनी पुग्नुहुनेछ र साँझ पाँच बजे भारत फर्किनुहुनेछ। भारतीय प्रधानमन्त्री मोदी मायादेवीको मन्दिर पुगेर पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ।

बुद्ध जयन्को अवसरमा लुम्बिनी विकास कोषद्वारा आयोजित समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मोदी, लुम्बिनी मोनेस्टिक जोन भित्र बौद्ध संस्कृति तथा धरोहरको एक केन्द्र निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा पनि सरिक हुने कार्यक्रम रहेको छ।

लुम्बिनी बौद्ध धर्मको सबैभन्दा पवित्र स्थलहरु मध्येको एक हो।

भारतीय विदेश मन्त्रालयद्वारा जारी स्टेटमेन्टका अनुसार, “बैठक का दौरान दुवै देशका नेता नेपाल-भारत सहयोग तथा आपसी हितका मुद्दाह रुमपाथरी आ-आफ्नो विचारहरु आदान-प्रदान गर्नुहुनेछ।” नेपाल यात्रा अघि भारतीय प्रधानमन्त्री मोदीद्वारा जारी एक स्टेटमेन्टमा लेखिएको छ, “अघिल्लो महिना देउबाजीको भारत यात्राको क्रममा भएको “लाभप्रद” चर्चा पछि म फेरी नेपाली प्रधानमन्त्री शेर बहादुर देउबासँग भेटघाटका लागि उत्सुक छु।”


Loading comments...