बालेनले कटाए दश हजार मत, केशब स्थापित र सृजना सिंह क्रमशः पछाडि – भरतपुरमा रेनुले सुवेदी विरुद्ध बनाइन ६३ मतको अग्रता


काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा अपडेट अनुसार दश हजार सात सय सन्तान्नब्बे (१०७९७) मत प्राप्त गरिसकेका छन्।

बालेन शाहलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ५७८७ मत प्राप्त गरेका छन् भने तेस्रो पङ्क्तीमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले जम्मा ५०७४ मत प्राप्त गरेकी छिन्।

काठमाण्डौ महानगरपालिकाको मतगणना प्रारम्भ भएदेखि हाल १०७९७ मत प्राप्त गर्ने समयसम्म मेयर पदका प्रत्यासी बालेन कुनै समयपनि कुनैपनि प्रतिस्पर्धिको पछाडि परेका छैनन् । नेकपा एमाले र नेपाली कांग्रेसको क्षेत्र भनिएको स्थानहरुबाट समेत बालेनले राम्रो भोट प्राप्त गरिरहेको देखिन्छ ।

भरतपुर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट मेयर पदकी उम्मेदवार रेनु दाहालले ६०१९ मत ल्याएकि छिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजय सुवेदीले ५९५६ मत प्राप्त गरेका छन् । रेनु र विजय बिचको मतान्तर केवल ६३ रहेको छ । त्यस्तै नेपाली कांग्रेसबाट बागी बनेर स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २९३७ मत प्राप्त गरेका छन् ।

आज विहानको मतगणनाको डाटा अनुसार एउटै वडाबाट एकहजार बढी मत पौडेलले प्राप्त गरेपछि मतगणनामा उनको रफ्तार बढेको छ । उनको आफ्नै वडाको कूल मत अझै प्राप्त हुनै बाँकी छ ।


Loading comments...