बालेन काका बने, दाजू कौशल र शिलालाई पुत्री लाभ


काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ सदस्यको आगमन भएको छ । अहिले सामाजिक सञ्जलामा भाईरल भइरहेको ‘बालेनलाई पुत्री लाभ’ भनेजस्तो नभएर बालेन साहका दाजू कौशल साह र शिला बास्तोलालाई आज पुत्री लाभ भएको हो । यस अनुसार उनी काका बनेका छन् ।

बालेनका निकट मित्रबाट प्राप्त जानकारी अनुसार बालेन बाबु बनेका हैनन काका बनेका छन् र घरमा नयाँ सदस्यको रुपमा भतिजीको जन्म भएको हो । बालेनलाई शुभकामना ।

उता बालेन साहले दोब्बर बढी मत प्राप्त गरी अग्रता बनाएका छन् । अहिले उनले प्राप्त गरेको मत २२८४२ छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले ११७६९ मत, नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १०९८६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८०९ मत, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६६७ मत तथा विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा १३९ मत प्राप्त गरेकी छिन् ।


Loading comments...