प्रधानमन्त्री देउबा र अमेरिकी उपविदेशमन्त्री उज्राबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ ।

यही जेठ ६ गते जिया ३ दिने भ्रमणका लागि नेपाल आउनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा दुवै देशका प्रतिनिधिहरु सहभागी थिए भने नेपाल र अमेरिकाबीचको दुईपक्षीय सम्बन्ध सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Loading comments...