कामनपाको १३ वटा वडाको मतगणना सम्पन्न हुँदा बालेनको अग्रता कायमैं, ताजा मत ३९ हजार


काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले अग्रता बनाउन सफल भएका छन् ।

ताजा गणना अनुसार बालनले ३९,००६ मत प्राप्त गरेका छन् । दोस्रो क्रममा नेपाली कांग्रेसकी सृजना सिंहले २२,०७२ मत प्राप्त गरेकीछिन भने नेकपा एमालेका स्थापितले २१,५७१ मत प्राप्त गरेका छन् ।

बालेनले नेपाली कांग्रेसकी सृजना सिंहविरुद्ध १६,९३४ बढी मतको अग्रता बनाएका छन् भने नेकपा एमालेका केशब स्थापितको विरुद्ध साढे १७,४३५ बढी मतको अग्रता कायम गर्न सफल भएका छन् ।

नेपाली कांग्रेकी सृजना सिंहले भने नेकपा एमालेका केशब स्थापितलाई ५०१ मतले पछाडी पारेकी छिन् ।

काठमाडौं महानगरको वडा नम्बरहरु क्रमशः १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ गरी १३ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना अहिले भईरहेको छ ।


Loading comments...