भान्सा र इन्धन झन महङ्गीयो – पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसमा एकमुष्ठ मूल्यवृद्धि


तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल आयल निगमले भर्खरै जारी गरेको विज्ञप्ती अनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसमा एकमुष्ठ मूल्यवृद्धि गरेको हो ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तीका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँको दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य १८० रुपैयाँ प्रति लिटर पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने एलपिजी ग्याँसमा समेत २०० रुपैयाँ मूल्यवृद्धि भएर १८ सय पुगेको छ ।


Loading comments...