गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सको विमानसंग चरा ठोक्कियो, विमान सुरक्षित


काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ ।

हिजो आइतबार २२ मईका दिन मध्यरात २ः०० बजे १२१ यात्रु बोकेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको अग्र भागमा रहेको सिसामा चरा ठोक्किएको थियो । आइतबार राती नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्कनुपर्ने विमान हाल फर्कन सकेको छैन । चरा ठोक्किएको र ककपिटको अग्र भागमा रगतको डोब देखिएको तर चरा विमानस्थल क्षेत्रमा कतै नभेटिएकोले कतै इन्जिनमै त चरा उछिट्टिएर छिरेन भन्ने आशंकामा चेकजाँचका लागि विमान होल्ड गरिएको विमानस्थलले जनाएको छ।

अहिले विमानलाई काठमाडौंबाट गएका प्राविधिकहरूले चेकजाँच तथा परिक्षण गरिरहेका छन् ।


Loading comments...