वीरगञ्जको मेयरमा राजेशमान सिंह बिजयी – यस्तो छ जितपछि उनको मनतब्य


वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी, पाँचै दलका नेता, कार्यकर्तासँगै मेरो परिवारका सदस्य, शुभेच्छुक र मित्रगणहरुलाई दिन चाहन्छु । यो मेरो एक्लैको जीत होइन, यो सम्पूर्ण वीरगञ्जबासीको जीत हो ।

अब वीरगञ्जको मुहार फेर्ने जिम्मेवारी तपाई हाम्रै काँधमा आइसकेको छ । म लगायत गठबन्धनबाट उपप्रमुखका उम्मेदवार श्री इम्तियाज आलम ज्युलाई अमूल्य मत दिएर विजयी बनाउनुभयो । अब हामीसँगै काँधमा काँध मिलाएर वीरगञ्ज बनाउने छौँ । वीरगञ्जमा रहेका असंख्य सम्भावनाहरुलाई सम्भव बनाउन हामीलाई तपाईहरुको निरन्तर सल्लाह, सुझाव, शुभेच्छा एवम् आशिर्वादको अपेक्षा रहने छ । यसर्थ अब वीरगञ्ज कायापलट गर्ने महाअभियानमा हातेमालो गर्न र वीरगञ्जका सम्भावनालाई सम्भव बनाउन पनि तपाईहरुको साथ र सहयोग चाहिन्छ । पहिलो खुट्किलो चढेपनि अँझै धेरै खुट्किलाहरु चढ्न बाँकी नै छन् ।

हरेक पाइला पाइलामा तपाईहरुको अमूल्य साथ र समर्थनको अपेक्षाका साथ अमूल्य मत दिएर विजयी बनाउने सम्पूर्ण मतदाताज्युप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।

साथै वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा निर्वाचित हुनुभएका वडाअध्यक्षज्यू र वडा सदस्यज्यूहरुलाई पनि हार्दिक बधाई ज्ञापन गर्दै अब विकास र परिवर्तनका लागि ऐक्यबद्ध भएर लाग्ने प्रतिबद्धता पनि गर्दछु । साथै, वीरगञ्जको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएर मसँग प्रतिष्पर्धामा उत्रनु भएका सम्पूर्ण उम्मेदवारहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बाचा पनि गर्दछु ।


तस्विर : सुयस श्रेष्ठ / Suyash Photography


Loading comments...