Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

बिजय र्‍यालीलाई “धन्यवाद र्‍याली” गरी हेरौं न, संसारै जितेजस्तो गर्नुभन्दा मतदातालाई धन्यवाद दिने नविन सोच

१० जेष्ठ २०७९, मंगलवार १८:२५

लोकप्रिय

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै ठिकठाक छ भन्ने सहमति गर्न बैठक बसियो । त्यो बैठकलाई भनियो, सर्वदलिय बैठक ।

तर, सो बैठकमा उपस्थित कुमार व्यञ्जनकारले सर्वदलिय शब्दसँग विमति राख्दै भनेछन्, “स्वतन्त्रहरु यो बैठकमा बस्न नपाउने हो कि नमिल्ने हो ? स्वतन्त्रको अस्तित्व नै नमान्ने गरि सर्वदलिय नभनौँ, सर्वपक्षिय भनौँ ।” लेखिसकेको सर्वदलिय काटेर सर्वपक्षिय बनाइएछ ।

समाजमा वास्तै नगरेका कुराहरुको पनि विशेष अर्थ हुन्छ । माथिको उदाहरण त्यसकै लागि हो । हामीले केहि उदाहरणहरु बनाइसकेका छौँ, बनाउँदैछौँ । अब बनाउनु पर्ने उदाहरणहरु छन् ।

पहिलो, विजय जुलुस वा विजय र्‍याली भन्न छोडौँ, धन्यवाद र्‍याली भनौँ । स्वतन्त्र हैसियतमा उठेको उम्मेदवार बालेनलाई भोट दिएर परिवर्तनका पक्षमा र बाटो छोड्दै गएका दलहरुलाई सबक सिकाउने उपायमा सहयोग गरेकोमा ‘धन्यवाद मतदाता’ भनौँ ।

जीतहारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन त्यो पनि मनाउँला तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत पनि नगरौँ । यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । बालेन स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गरेका थिए । आफुलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम नगरौँ, जिस्काएको जस्तो संकेत पनि नगरौँ । सबैले सँगै हिडेर मात्रै गन्तव्य सहजै पुगिन्छ ।

दोस्रो, ठाउँठाउँबाट र्‍यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिदैछ । काठमाण्डौँ आउनु भन्दा सोही क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्ने हो भने त्यसले सो सो स्थानमा बढि प्रभाव छोड्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ । यसैले स्थानीय एमआरआरियन (MRR Group)ले धन्यवाद र्‍यालीका लागि पहलकदमी लिदा राम्रो हुन्छ । धेरै कुरा चाहिने पनि होइन, नेपालको झन्डा र एमआरआरले काठमाण्डौँका मतदातालाई धन्यवाद भन्ने एउटा ब्यानर । आफ्नो क्षेत्रको ग्रुप च्याट बनाएर त्यो आयोजनाका लागि योजना सुरु गरे व्यवस्थित र भव्य हुने निश्चित छ । #RallyForBalen

नोटः सृजनात्मक विचार युवाहरुमाझ रुचाईएको विषय रहेकाले सामाजिक संजालबाट साभार गरी यहाँ सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा