
देशकै सर्वाधिक चर्चा बटुलेको काठमाडौं महानगरपालिकाको मेयरमा बालेन तथा उपमेयरमा सुनिता विजयी
१३ जेष्ठ २०७९, शुक्रबार ११:०८
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा प्राप्त गरेको छ भने उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोल बिजयी भएका छन् ।
दुबैले आफ्ना प्रतिद्वन्द्विहरु बिरुद्ध फराकिलो मतान्तर कायम गर्न सफल भएका छन् ।
पेशाले स्ट्रक्चल इन्जिनयर तथा नेपाली र्र्याप सङ्गीतमा आफ्नो फरक पहिचान बनाएका बालेन्द्र साहले कांग्रेसकी सिर्जना सिंहलाई र पूर्व मिस नेवा तथा रञ्जना लिपीकी अभियन्ता सुनिता डंगोलले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई फराकिलो अन्तरले पराजित गरेका हुन् ।
बालेन्द्र साहको जित सुनिश्चित गर्न काठमाडौं महानगरबासीले ६१ हजार ७६७ मत प्रदान गरेका छन् भने । त्यसैगरी बालेनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंबासीको तर्फबाट ३८ हजार ३४१ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै काठमाडौं महानगरपालिकालाई नेतृत्व गरिसकेको अनुभव संगालेका र स्थानीय तह निर्वाचन २०७९ मा बलियो भनिएका नेकपा एमालेका केशव स्थापित अन्तत तेस्रो स्थानमा सीमित हुन पुगे । उनलाई काठमाडौं महानगरबासीले ३८ हजार ११७ मत दिए । यसरी दोस्रो स्थानमा रहेकी सिंहले केशब स्थापितलाई २२४ मतको अन्तरमा पछाडी छाडिन ।
यता उपमेयरमा भने नेकपा एमालेकी डंगोलले बिजयका लागि काठमाडौं महानगरबासीका तर्फबाट ६८ हजार ६१२ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिद्वन्द्वि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।
काठमाडौं महानगरबासीले दिएको अमूल्य भोटले जित घोषणामात्र बाँकी रहँदा जेठ ८ गते नवनिर्वाचित मेयर बालेनले सामाजिक सञ्जालमा धन्यवाद ज्ञापन गर्दै लेखेका थिएः
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।
जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।
अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ‘बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।
हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।
अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको