चर्चित भारतीय गायक केके KK को निधन, कन्सर्ट लगत्तै हृदयघात


चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए । हिन्दु लेख्छ, “कन्सर्ट लगत्तै अचानक उनको स्वास्थ्य बिग्रियो र उभिएकै ठाउँमा ढले ।”

भारतीय पप गायनमा ९० को दशकमा छुट्टै पहिचान बनाउन सफल केके को मृत्युको दुखद खबरले अहिले बलिउड स्तब्ध छ । साङ्गीतिक कन्सर्ट पछि अचानक उनको स्वास्थ्यमा आएको समस्या पछि उभिएकै स्थानमा ढलेका उनलाई तत्कालै नजिकको अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए । ५३ वर्षका लोकप्रिय गायक केकेले सङ्गीतकर्मकै दौरान दुनियाबाट बिदा लिए । केके को असमायिक निधनको खबरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै शोक व्यक्त गरेका छन् भने बलिउडका हस्तिहरुबाट जारी शोक सन्देशहरुले सामाजिक सञ्जाल बिहानैबाट भरिएका छन् ।

सोमबारको कन्सर्टमा उनले दिएको प्रस्तुती हेर्नुहोस्ः

अस्पतालका अनुसार पोस्टमार्टम पछि मृत्युको अन्य कुनै कारण छ की भन्ने कुरा स्पष्ट पार्न सकिने छ । मृतक केके दुई दिनको साङ्गीतिक कन्सर्टका लागि कोलकाता पुगेका थिए । सोमवार स्थानीय विवेकानन्द कलेजमा उनले साङ्गीतिक प्रस्तुती दिएका थिए । तर दोस्रो दिन कन्सर्ट पश्चात् उनको स्वास्थ्य बिग्रियो र हेर्दा हेर्दै उनले साङ्गीतिक माहोलमैं अन्तिम् सास लिए ।

सलमान खान र एश्वर्य राय अभिनित सन् १९९९ को सुपरहिट चलचित्र “हम दिल दे चुके सनम”को “तडप तडप के इस दिल से आहँ निकल्ने लगी” तथा नयाँ पुस्तामा “जरा सा Zara Sa KK” जस्ता सयौं बलिउडका चलचित्रमा उनले आफ्नो गायन पस्किएका छन् । चलचित्रमा आउनु अघि उनको बहूचर्चित हिन्दि पप “यारो दोस्ति बडी ही हसिन है” नेपालीहरुबीच पनि सर्वाधिक रुचाईएको गीत हो ।


Loading comments...