Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

विहारको रक्सौलमा खाद्य प्रयोगशालाको उद्घाटन, नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत हुने

२२ जेष्ठ २०७९, आईतवार १८:२०

भारत सरकारका माननीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले २०७९ जेष्ठ २२ गते रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गर्नुभयो ।

नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा सो उद्घाटन सम्पन्न भएको हो ।

रक्सौलमा अवस्थित र भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरुको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरुले सुसज्जित आधुनिक प्रयोगशाला हो । यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेछ । हाल यी नमुनाहरुको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको छ ।

लामो समयदेखि नेपाली व्यापारीहरुले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएकोमा अहिले आएर सो पूरा भएको छ । यस खाद्य प्रयोगशालाको निर्माण “छिमेकी पहिलो” नीति अनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी