depression

डिप्रेसन के हो र यसबाट कसरि बच्ने ? -डा. कल्याण सुबेदी


Dr.Kalyan Subedi
डा. कल्याण सुबेदी

सामान्य Depressed हुनु (उदाशीन हुनु) र Major Depressive Disorder मा के फरक छ?
पहिले कुरा गरौँ सामान्य depressed हुनु वा उदाशिन हुनु बारे

-यदि जीवनमा तपाइले भने जस्तो वा चाहे जस्तो भएन भने तपाइलाई चिन्ता लाग्छ l केहि दिन वा केहि महिना मन उदाशीन हुन्छ तर पछि गएर बिर्सनु हुन्छ वा ति चिन्ताहरु कम हुँदै जान्छन् l तपाई आफ्नो दैनिक काममा फर्किनु हुन्छ l यसरी केहि समयको लागि कुनै निश्चित कारणले वा थाहा भएको घटनाले उदाशीन वा सामान्य Depressed भएको भए Adjustment disorder (with depressed mood) भनिन्छ l

उदाहरणको लागि: यदि तपाईंको business कारोबार सबै डुब्यो, बैंकको ऋणले चुर्लुम्म डुबायो, वा नजिकको नातेदारको देहान्त भयो भने केही समय पिडा हुन्छ, चिन्ता लाग्छ l यो बेलामा चिन्तित हुनु स्वाभाविक हो l तर यस्ता घटनाबाट चिन्तित हुनुको पनि एउटा limit वा हद हुन्छ l कोहि १-२ महिना चिन्तित वा दुखि हुन्छन् त कोहि १ बर्ष वा त्यो भन्दा धेरै लामो समय सम्म दुखि हुन्छन्l तर चिन्ता वा दुख लामो समयसम्म भएपनि शुरु शुरुमा हुने जस्तो निकै पिडादाई चिन्ता, दुख वा तनाब पछि गएर त्यही degree/scale वा स्तरको हुँदैनl थोरै मात्रामा भए पनि घट्दै जान्छ l यसरी केहि समयको लागि कुनै निश्चित कारणले वा थाहा भएको घटनाले उदाशीन भएको भए Adjustment disorder (with depressed mood) भनिन्छ l यदि ति चिन्ताहरु उही पहिलेको अवस्थामा नै रहीरह्यो वा झन् झन् बढ्दै गयो भने त्यसले Major Depressive Disorder को रुप लिन सक्छl

अब चर्चा गरौँ Major Depressive Disorder को:
– Major Depressive Disorder हुनको लागि जीवनमा कुनै नराम्रा घटना घट्नै पर्छ भन्ने छैन l राम्रोसंग खान लगाउन पुगेका, जिबनको भौतिक सुखभोगमा कुनै कमि नभएका, परिवारमा राम्रो सम्बन्ध भएका र जिबनमा आंफुले सोंचेको ठाउँमा पुगको “सफल व्यक्ति” लाई पनि Major Depressive Disorder हुन सक्छ l अर्थात् Major Depressive Disorder को लागि कुनै पनि बाहिरी वा देखिने कारण चाहिंदैन l र यो पनि बुझ्न जरुरी छ कि Major Depressive Disorder भएकाहरुको सबैको लक्षणहरु वा बानीव्यवहार उस्तै हुँदैनन् l
Major Depressive Disorder diagnosed हुनको लागि(minimum) कम्तिमा ५ लक्षणहरु कम्तिमा २ हप्तासम्म प्रत्येक दिन, प्राय दिनभर र रातभर वा प्रत्येक पल हुन जरुरी छ l ति ५ लक्षणहरु मध्ये पहिलो दुई अनिबार्य छन् l (१२ बर्ष भन्दा मुनिका बालकमा तल भनिएको भन्दा हल्का केहि फरक लक्षणहरु हुने गर्छन् )

१ Depressed mood/ उदाशीन मन (अनिबार्य):
– (भनेको वा खोजेको सबै भौतिक कुरा भएपनि) जिन्दगी खल्लो लाग्नु, बिनाकारण भित्रै देखि चिन्ता लाग्नु, बिनाकारण दिनहुँ जस्तो रुनु l

२ Markedly diminished interest or pleasure in all / Anhedonia (अनिबार्य):
– केहि कुरामा पनि खुसि हुन नसक्नु, पहिले-पहिले रमाइलो लाग्ने कुराहरुमा भाग लिन नखोज्नु वा रमाइलो नलाग्नु l यौनमा इच्छा नहुनु l खुसि हुन सक्ने क्षमतानै गुमाएको जस्तो लाग्नु l

३ Significant weight changes: तौलमा निकै घटबढ l
– एक महिनामा ५% भन्दा बढी तौल घट्ने वा बढ्ने हुनु l भोक नलाग्ने, वा पहिले मिठो लाग्ने स्वादिला खानाहरु बाट आकर्षित हुन नसक्ने हुनु ,
वा भोक नलागेपनि एउटा बानीको रुपमा जसैगरी पिडा बढ्छ उसैगरी अस्वस्थकर रुपमा धेरै खाना खानु र तौल छिट्टो बढ्नु l

४ Sleep Disturbances: निन्द्रामा असर l
– राति ११-१२ बजे सुतेको भएपनि बिहानीपख खासगरी ३-४ बजेतिर निन्द्रा खुल्नु र त्यस पछि सुत्न नसक्नु वा दिनमा १२-१४ घण्टा भन्दा बढी सुत्नु र पनि थकान महशुस हुनु l

५ Psychomotor retardation or agitation:
– कैयौं दिनसम्म दैनिक गर्नुपर्ने क्रियाकलाप जस्तै मुख धुने, दाँत माज्ने, खाना पकाउने, आदि सामान्य काम पनि गर्न मन नलाग्नु, जाँगर नचल्नु l कोठाबाट वा घरबाट बाहिर निस्कन मन नलाग्नु, अरुसंग बोल्न मन नलाग्नु,
– वा बिनाकारण छट्पट्टि भए जस्तो, आत्तिए जस्तो गरेर यताउति हिडेर छटपट गरिरहनु, झनक्क रिसाउनु, कागज वा कपडा वा कुनै सामान बटारी रहनु चलाई रहनु;

६ Fatigue: थकान
– प्रत्येक दिन, प्रत्येक घण्टा, प्रत्येक मिनेट र प्रत्येक सेकेन्ड तागतहिन महशुस हुनु (कसै कसैमा दैनिक आधा दिन भन्दा बढी) l उठेर हिड्न पनि नसकेको जस्तो थकित महशुस हुनु l शरीर पिटेर घाहिते बनाएको जस्तो कम्जोर र निरिह भहेको जस्तो हुनु l

७ Feelings of worthlessness or guilt: अनावास्येक असहाय नालाएक महसुस, चाहिने भन्दा बढी आत्मग्लानी l

– आँफुलाई आफ्नो जीवन बेकार लागे जस्तो लाग्नु, आफ्नो आत्म बल घटेर शुन्यमा झरेको जस्तो हुनु, आँफुले जिबनमा अब केहि गर्न नसक्ने, परवारको लागि बोझ भएको जस्तो र आँफु अब कहिल्यै पनि केहि राम्रो काम गर्न नसक्ने, जीवन भर अरुकै भरमा बस्नुपर्ने वा स्वाभिमानी बन्न नसक्ने जस्तो लाग्नु l
– आंफुले नगरेको वा आफ्नो हात नभएको घटनामा पनि आंफ्नो दोष देक्नु वा आवश्यकता भन्दा बढी ग्लानी महशुस गर्नु, आत्म आलोचना गरेर बस्नु,

८ Diminished ability to think or concentrate :
– दैनिक जीवनमा लिनुपर्ने (decision) निर्णय लिने क्षमता नहुनु l बिर्सने समस्या बढ्दै जानु l ध्यान दिएर वा विचार गरेर गर्नु पर्ने काम गर्न नसक्नु l

९ Negative thoughts or recurrent suicidal ideation:
– नकारात्मक सोंचाई मात्र राख्नु, आँफुलाई कहिलेइ पनि सक्षम वा सफल वा आंफ्नो राम्रो हुने बारेमा सोचाई राख्न सक्ने अवस्थामा नहुनु l मनमा आत्महत्याको कुरा खेलिरहनु l बाँच्दा सहनु पर्ने मानसिक दुख पिडा र ग्लानी भन्दा मृत्यु नै निकै सहज लाग्नु l कसरी आत्महत्या गर्ने भनेर योजनाहरु बनाउन थाल्नु l

डा. कल्याण सुवेदीलेखहरु

Loading comments...