
सीमामा हुनसक्ने ‘अतिवादी गतिविधि’माथी निगरानी राख्न ध्यानाकर्षण गराउँदै ‘विश्व हिन्दू परिषद्, नेपाल’द्वारा वीरगञ्जका सिडिओलाई ज्ञापन-पत्र पेश
वीरगञ्ज । पछिल्लो समय भारतमा जारी इस्लामिक अतिवादी गतिविधिमा नेपाली भूमी प्रयोग हुन नदिन ‘अतिवादी गतिविधि’माथी भारतसंग जोडिएका सीमानाहरुमा निगरानी राख्न ध्यानाकर्षण गराउँदै ‘विश्व हिन्दू परिषद्, नेपाल’द्वारा वीरगञ्जका सिडिओलाई ज्ञापन-पत्र पेश गरेको छ ।
परिषद्का अध्यक्ष बृजेस मल्लिकद्वारा जारी ज्ञापन-पत्रको पुरा पाठ
उपरोक्त सम्बन्धमा हालै भारतीय हिन्दूवादी नेतृ नुपुर शर्मा सहभागी रहेकी एक टिभी डिबेट शो (कार्यक्रम) मा इस्लामिक स्कलरले हिन्दू धर्मावलम्बीको आस्थामाधि चोट पुर्याउँदै देवी देवतामाथि अभद्र टिप्पणी गरेका थिए । नेतृ शर्माले ईस्लाम धर्म ग्रन्थमा उल्लेखित एउटा प्रसंगको चर्चा गर्दै प्रतिउत्तर दिएकी थिइन् । तत्पश्चात नुपुर शर्माले इस्लाम धर्मको अपमान गरेको भन्दै भारतका विभिन्न ठाउँहरुमा तोडफोड शुरु गरेका थिए।
विभिन्न इस्लामिक मुलुकहरू समेत भारत बिरुद्ध अभियान सुरु गरेको हो। विश्वमा कुख्यात इस्लामिक जिहादी आतंकवादी संगठन अलकायदाले भारतमाथि हमला गर्ने चेतावनीपूर्ण पत्र सार्वजनिक गरेको छ। गत शुक्रबार वीरगञ्ज नेपालगञ्ज, नवलपरासी लगायतका स्थानहरुमा पनि कट्टर जिहादी मानसिकता भएको तत्वले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने दुष्प्रयास गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। हिन्दू धर्म बसुधैव कुटुम्बकम्’ अर्थात् संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने धर्म हो । हिन्द्र देवी देवतामाथि प्रहार हुँदा हुँदै पनि इस्लाम धर्ममा स्वीकार गरिएको तथ्य चर्चा गर्दा संसारका इस्लामिक मुलुकहरू, आतंकवादी संगठन तथा कट्टर जिहादी मानसिकता भएका तत्व एकताबद्ध हुनु गम्भिर मानवता बिरोधि गतिविधि भएको हाम्रो ठहर रहेको छ। नेपालमा त्यस्ता जिहादी तत्वहरूको गतिविधिमा पूर्ण प्रतिबन्ध लगाउन जोडदार माग गर्दछौं।
नेपालको एकता, अखण्डता, शान्ति सुरक्षा एवं अमनचयनमा खलल पुर्याउन इस्लामिक जिहादी आतंकवादी संगठनहरूले नेपालको भूमी प्रयोग गर्न सक्ने पुरानो इतिहास दोहोर्याउने सक्ने प्रबल सम्भावनालाई मध्यनजर गर्दै विशेष निगरानी गर्न नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराउँदछौं। साथै बारम्बार हिन्दु आस्थामाथि प्रहार गर्ने अकबरुद्दीन ओवेशी, इलियास सैफुरुद्दीन लगायतका कधित इस्लामिक स्कलरहरुलाई कडा कारबाही गर्न नेपाल सरकार मार्फत् दबाब सिर्जना गर्न अपिल गर्दछौं।
जय श्रीराम । नेपाल आमाको जय ॥
ज्ञापन-पत्रको वास्तविक प्रति