
प्रधानमन्त्री देउवाको समुपस्थितिमा आठौं अन्तर्राष्ट्रिय योग दिवस–२०२२ सम्पन्न, कार्यक्रमको दूरदर्शनद्वारा प्रत्यक्ष प्रशारण
७ असार २०७९, मंगलवार १४:३६
भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि माननीय सञ्चार तथ सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सबैलाई नियमित योग गर्न प्रेरित गर्नुभयो । दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले आफ्नो स्वागत मन्तव्यका क्रममा योगको प्राचिन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातीको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
यो कार्यक्रम जारी ‘[email protected] आजादीका अमृत महोत्सव’अन्तर्गतको उत्सव कार्यक्रमहरु मध्येको एक हो । योग अभ्यासका फाइदाबारे जोड दिदै यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ ।
कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यान सहितको साधारण योग विधि प्रस्तुत गरियो । योगमा अभिरुचि भएका करिब ६०० जनाले उक्त योग सत्रमा सहभागी थिए । भारत सरकारको ‘Guardian Ring –One Sun, One Earth’ को एक हिस्सा अनुरुप दूरदर्शनमार्फत यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरियो ।
योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना गर्यो । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरुले महिलाका लागि र बालबालिकाका लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचीकृत काठमाडौंको बौद्घनाथ स्तूपामा आयोजना गरे।
सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो