
आज प्रधानमन्त्रीद्धारा धरहराको शिलान्यास
१२ पुष २०७५, बिहीबार ०१:१५
बिनाशकारी भुकम्पबाट पुर्णरुपमा क्षेति भएको धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलेद्धारा पुनर्निर्माणको शिलान्यास गरियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी जिआइइटिसि रमन जेभीसँग सम्झौता गरेको थियो । हाल धरहरा निर्माणको लागि जगको काम भैरहेको छ । ३ अर्ब ७५ करोड रुपैयाको लागानीमा बन्न लागेको छ । यस अघि भत्केको धरहराको छेउमा बन्न लागेको नयाँ धरहरा २२ तले हुने जनाएको छ । धरहराको उचाई करिब ७० मिटर हुने छ । आगामी २ बर्षभित्र सम्पन्न हुने गरी निर्माण सम्झौता भएको छ । नयाँ धरहरा करिब २४ रोपनी क्षेत्रफलमा फैलिने बताइएको छ । दुईबर्ष पहिले बिनाशकारी भुकम्पबाट भत्किएको धरहरालाई सिसाको फ्रेमभित्र राखिनेछ । साथै अब बन्ने धरहरा परिसरमा बगैचा, पानीको फोहोर, रेष्टुरेन्ट, अन्डर ग्राउन्ड पार्किङ्ग साथै लिफटको पनि व्यवस्था गरिने छ ।

भूइचालोले क्षेति पुर्याएको धरहरालाई स्मारकको रुपमा सिसाको फ्रेममा राखिनेछ । धरहरा निर्माणको लागि २०७२ सालमा प्रधानमन्त्रि के.पि शर्मा आफु स्वयम डोको लिएर यस अभियानमा जुट्ने प्रधानमन्त्री मेरो धरहरा म बनाउछु अभियान शुरु भएको थियो । तर यस अभियानमा प्रयाप्त रकम जम्मा हुन नसकेकाले धरहराको निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिइयो तर टेलिकमले व्यवसायिक रुपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुन निर्माण उक्त प्रस्तावको अस्विकार गरिएको थियो ।

वि.स १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेको हुन । महरानी त्रिपुरासुन्दरी देवीको अनुरोधमा उक्त धरहरा निर्माण भएको थियो । भीमसेन थापा प्रधानमन्त्री हुदाँ निर्माण गरिएकोले भीमसेन स्तम्भ पनि भन्ने गरिन्छ । सामाजिक तथा प्रशासनिक सुचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुनेपछि जङगी निजामति कर्मचारीहरु कोतमा वा टुडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।

सन १९९० माघ २ गतेको भुकम्पले बार्दली भन्दा माथिको १०,११ तला भत्कीएको र ९ तला मात्र रहेको थियो । दुईबर्ष पछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेर जंगबाहदुर राणालेस साबिक नौ तलला नै कायम गरी पुन निर्माण गरेका थिए । धरहरा निर्माणको करिब १ सय ९० वर्ष पछि पुन वि.स २०७२ सालको विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षेति गर्यो । जसमा परि १५५ जानाको ज्यान समेत गयो । भत्कीएको धरहराको सातौ तल्लामा बार्दली थियो । जहाँबाट काठमाडौ उपत्यकाका विभिन्न स्थानहरु सजिलै देख्न सकिन्थ्यो । ६१.८८ मिटरको उचाई रहेको उक्त धरहरा मा २१३ वाट सिढि र बाहिर २५ सिढी थिए । धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग राखिएको थियो तथा टुुप्पोमा गजुर राखिएको थियो । ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्वपुर्ण रहेको थियो । उक्त धरहरा मुगल शैलीमा निर्माण गरिएको थियो , जसको निर्माणमा सुर्की,चुन, मास र चाकुको मिश्रणको प्रयोग गरिएको थियो ।
बिनाशकारी भुकम्पले लडेका विभिन्न संरचनाहरु पुन निर्माण हुन थालिरहेका छन् । हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्रमा पनि पुन निर्माणको कार्य अघि बढिरहेको छ । अबको केही बर्षमै सबै ऐतिहासिक तथा सास्कृतिक सम्पदाहरु पहिले कै अवस्थामा देख्न पाईनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,