दिल्लिबाट श्री रामायण यात्रा “भारत गौरव” पर्यटक रेल नेपाल आइपुग्यो, जनकपुरमा भब्य स्वागत


१४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव” पर्यटक ट्रेन जुन २१ जुन २०२२ मा भारतको नयाँ दिल्लिमा भारतका माननीय रेल मन्त्री तथा माननीय पर्यटन मन्त्री द्वारा संयुक्त रूपमा झण्डा देखाई रवाना भएको रेल करीब ०१:३० बजे २३ जुन २०२२ मा जनकपुरधाम आईपुगेको छ । यो भारत र नेपालमा रामायण सर्किट कभर गर्ने आफ्नो प्रकारको पहिलो पर्यटक ट्रेन हो।

भारत र नेपालका प्रधानमन्त्रीहरूद्वारा ०२ अप्रिल २०२२ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गरिएको थियो।

जनकपुरधाम रेलवे स्टेशनमा नेपाल र भारतका व्यक्तित्वहरू भारतबाट भारत गौरव ट्रेनमा आएका पर्यटकहरूलाई स्वागत गर्न भेला भएका थिए । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव । र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारद्वारा सो अवसरमा स्वागत गरिएको थियो । अन्य प्रमुख व्यक्तित्वहरुमा स्थानीय राजनीतिक प्रतिनिधि, पदाधिकारी, व्यापारी, पत्रकार, नागरिक समाजका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उनीहरुको सम्मानमा आयोजना गरिएको भव्य स्वागत समारोहले पर्यटकहरु हर्षित भएका थिए ।

पर्यटकहरू जानकी मन्दिरको दर्शन गर्ने छन्, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने छन् तथा गंगा आरतीमा सहभागी हुने छन् जुन २४, २०२२मा पर्यटकहरु जनकपुरधाम जानेछन् र भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।



Loading comments...