काठमाडौं आइपुगे नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव


नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ ।

श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु अघि वहाँ नयाँ दिल्लीमा चीन, जापान , कोरिया &   मङ्गोलियI मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । वहाँले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गर्नुभएको थियो ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नु भएको छ । साथै वहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न महत्त्वपूर्ण पदमा रही काम गर्नुभएको छ ।


Loading comments...