Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवद्वारा राष्ट्रपती भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश

१६ असार २०७९, बिहीबार २०:१४

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।

ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात राजदूत श्रीवास्तवले आजै सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

भेटमा वहाँले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाउनुभयो । राजदूत श्रीवास्तवले हालै भएको सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गर्नुभयो । साथै वहाँले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन् । पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रुपमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ