शिक्षा पूर्वाधारमा भारतको सहयोग, कपिलवस्तुमा अर्को नवनिर्मित भवनको उद्घाटन


भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गर्नुभयो । नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख श्री बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ लगायतको उपस्थिति थियो ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु. ३ करोड ४० लाखको लागतमा यस परियोजनाको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनाहरु मध्येको एक हो ।

श्री माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाको एक पुरानो विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

भारत र नेपालबीच लामो समयदेखिको बलियो विकास साझेदारी रहिआएको छ जसले दुई देशबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्र्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।


Loading comments...