भारतको सहयोगमा डोटीमा नव निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन


भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले संयुक्त रुपमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावासको उद्घाटन गर्नुभयो ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु. ९६.९ लाखको लागतमा यस परियोजनाको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत यो विद्यालय डोटी जिल्लाकै एक प्रतिष्ठित विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये डोटी जिल्लाका ३ गरी सुदूरपश्चिम प्रदेशमा ३४ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बलियो विकास साझेदारी रहिआएको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस विद्यालय परियोजनाको कार्यान्वयनले शिक्षा लगायत प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।


Loading comments...