
सपनाको शहरमा नेपाली चलचित्र डोर्याउदै सन्तोष सेन
१७ श्रावण २०७९, मंगलवार ११:४९
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका स्टार कलाकार प्रदिप खड्कासहितको एउटा पोष्टर देख्न सकिन्छ र त्यो पोेष्टर हो सन्तोष सेनको निर्माण तथा छेतन गुरुङ र सेनकै निर्देशन रहेको चलचित्र ‘प्रेमगीत ३’को । तरनले आफ्नो पोष्टमा लेखेका छन्ः इन्डो – नेपाली फिल्म ‘प्रेम गीत ३’ २३ सेप्टेम्बर २०२२ मा रिलिज हुने… #प्रेमगीत३ – एक इन्डो-नेपाली फिल्म – २३ सेप्टेम्बर २०२२ मा #भारतमा हलमा रिलिज हुने… ट्रेलर १ सेप्टेम्बर २०२२ मा… स्टारहरू #प्रदीपखड्का, #क्रिस्टिनागुरुङ र #शिवश्रेष्ठ… #छेतनगुरुङ र #सन्तोषसेनद्वारा निर्देशित।
बलिउड सिनेमामा अब्बल समिक्षकको रुपमा आफ्नो नामको झण्डा गाडेका तरनले नेपाली चलचित्रको यो छलाङलाई साथ दिए लगत्तै उद्योग बन्न बामे सर्दै गरेको नेपाली चलचित्र वृत्तमा चर्चा चुलिएको छ । चर्चा किन पनि नहोस् बलिउड सिनेमाले चलचित्र हल भरिएको बेला नेपाली सिनेमाको स्लट पक्का गर्नै चुनौति झेलेका चलचित्रकर्मीले सपनाको शहरमा नेपाली चलचित्र पुर्याउनु र अल इण्डिया रिलिजको मिति प्राप्त गर्नु आफैमा एउटा एतिहासिक उपलब्धि हो ।
यतिखेर सन्तोष सेन विश्व सिनेमा उद्योगमैं ‘सपनाको शहर’को उपमा पाएको मुम्बई (बम्बई)मा नेपाली चलचित्र डोर्याउदै रिलिजको मितिका साथ गगनचुम्बी भवनहरुमा बिटिएल पोष्टर प्रमोसन गतिविधि सुरु गरिसकेका छन् । नेपाली सिनेमाको स्वाद विश्वभर एकसाथ २०२२, सेप्टेम्बर २३ तारिखका दिन ‘प्रेमगीत ३’ सार्वजनिक हुँदैछ । यही सन्दर्भमा सेनले मुम्बईमा बिटिएल पोष्टर प्रमोसन गतिविधि सुरु भएको तस्वीर पोष्ट गर्दै आफ्नो अनुभूती सार्वजनिक गरेका छन् ।
निर्माता तथा निर्देशक सन्तोष सेनले सार्वजनिक गरेको सामाग्री जस्ताको तेस्तैः
हामी यतिबेला मुम्बई शहरमा छौं । मुम्बईमा मात्रै ३ करोड ३० लाख जनसंख्या छ, घुमघामका लागि र कामको खोजीमा जानेहरु जोड्नेहो भने ४ करोड हाराहारी पुग्छ ।
हामी यो ४ करोडसहित भारतभर र संसारभरका नागरिक समक्ष प्रेम गीत ३ मार्फत नेपाली भएर पुग्दै छौं । नेपालीपन बोकेर पुग्दैछौं । नेपाली स्वाद चखाउने गरी पुग्दैछौं । मुम्बई सपनाको शहर हो । दिनरात जाग्राम रहने मुम्बई हामीहरुको सपना पुरा गर्ने शहर पनि हो ।
यो देखिएको दृश्य मुम्बई शहरको हो, मुम्बई लगायत भारतभर यसैगरी नेपाली फिल्मको पोस्टर टांसिएको छ । बलिउड र हलिउड फिल्मका पोस्टर टांसिने यी स्थान अहिले नेपाली फिल्म प्रेम गीत ३ ले ओगट्दै गर्दा असाध्यै खुसी लागेको छ । म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने बिषय होइन । र, आम नेपालीहरुका लागि ठुलो खुसी र गौरबको कुरा हो ।
संघर्षका अनेकौं पहाड छिचोल्दै हामी यतिबेला विश्व चलचित्रको समुन्द्रमा हाम फालेका छौं । म र मेरोे टिमको यो ठुलो शाहस हो, त्यो शाहसको कारण तपाईंहरुनै हो । तपाईंहरुकै माया, प्रेम, प्रोत्साहन, सहयोग र सकारात्मक सुझाव र सल्लाहकै कारण हामीले नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुराउने ठुलो जोखिम मोलेका छौं ।
नेपाली फिल्म भारतिय बजारमा मात्रै होइन, भारतिय भाषा समाबेश गरेर संसारभरका दर्शकसम्म पुग्दै छ । नेपालकै लोकेशन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको बर्षौसम्मको मिहेनत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयां मेनुको रुपमा पुग्दैछ । यदि यो सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्नेवाला छ । त्यसको फाइदा हामीहरु सबै जसले नेपाली फिल्म क्षेत्रमा काम गर्नुभएको छ, उहांहरुलाई नै हुने हो ।
साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना पनि हामी देख्न जरुरी छ । सपना देख्दा पुरा हुने सम्भावना हुन्छ, सपना नदेखेको मान्छे त्यतातिर लाग्दै लाग्दैन । हामी त्यस्तै सपना पछ्याउंदै हिडेका हौं ।
बलिउडले आज प्रेम गीत ३ मार्फत नेपाली चलचित्रको विश्व यात्राको ढोका खोलिदिएको छ । र, आशा छ हामीलाई खोलेको ढोकाको चुकुल कहिल्यै लाग्ने छैन । हामीले अब एक से एक राम्रा काम मार्फत यो मार्केटमा लड्नुपर्छ । विश्वासघात गर्नु हुंदैन । हाम्रो शशक्त दबदबा कायम राखिराख्न दर्शकका आंखामा छारो हाल्ने काम गर्नुहुंदैन । त्यसो गर्न सकियो भने नेपाली फिल्म मेकर्शले भारतिय बजारबाट चलचित्र प्रदर्शन अघिनै लगानी सुरक्षित गर्न सक्ने सम्भावना रहन्छ । हाम्रा फिल्म विभिन्न ओटिटी प्लेटफर्ममा मात्रै बेच्दा पनि करोडौं फाइदा हुने सम्भावना छ ।
मान्नुस्, हामी हाम्रै मौलिक कथा, संस्कृती, रितिरिवाज, रहनसहन, भाषामा केन्द्रित भएर फिल्म निर्माण गर्दा त्यो सामान्य फिल्म भन्ने सन्देश बाहिर जादैन । यो क्रियटिभ पेशा हो, राम्रो काम गर्दा त्यसको मात्रै मुल्यांकन हुन्छ । हामी हाम्रै स्टायलमा प्रतिस्पर्धा गर्नुपर्छ । अनेकौ कथाको खोजी र दर्जनौं नेपाली आकर्षक स्थान क्यामेरामा कैद गर्न सक्यौं भने पनि नेपाली पर्यटनको विकाश, नेपाली छायांकन स्थलप्रति विदेशी मेकर्शको ध्यान खिच्न सक्छौं ।
नेपाली चलचित्रको स्तरोन्नती र यहांको मार्केट बढेर विश्वभर हुनु हामी सबैका लागि खुसीको कुरा हो । र मैले बुझेको कुरा पनि यहि हो । हामी आम नेपाली, नेपाली चलचित्र उद्योगमा काम गर्ने सबैले निस्वार्थ भावनाका साथ कुनै चलचित्र कर्मीले यति दुःख भोगेर करोडौं लगानी गरेर भारत जस्तो ठूलो चलचित्र उद्योगको सामु हिम्मतका साथ अघि बढ्दै गर्दा पक्कै पनि साथ र सहयोग त गर्नुपर्छ । खुट्टा तान्ने, अनेकन कुरा काट्ने, नेगेटिभ सोच राखेर असयोग गर्ने जस्ता हर्कत भुलेर पनि गर्नु हुंदैन । यसपटक तपाईहरुले असहयोग गर्नु भनेको आफ्नै भविष्य अन्धकारतर्फ धकेल्नु हो । प्रेम गीत ३ जस्तै अरु चलचित्र पनि बलिउड र हलिउड फिल्मसंग प्रतिस्पर्धा गर्नुपर्छ । विश्वभर नेपाली फिल्म लाग्नुपर्छ । राम्रो फिल्म बनाउन सकियो भने अन्य भाषामा पनि यो डब भएर जान सक्छ ।
यदि भारतिय भाषामा प्रेम गीत ३ ले राम्रो गर्न सकेको खण्डमा यसको फाइदा सायद हामीहरुलाई नै हुन्छ । मलाई थाहा छैन, तर ५० बर्षको नेपाली फिल्म इतिहासमा यसअघि किन कसैले यो किसिमको पहल गरेन ? हामीले पहल गर्यौ । यो पहलमा हातमा हात मिलाएर अघि बढ्न सक्छौं कि ? कसैले राम्रँे गर्दा हौसला प्रदान गर्नुपर्छ । यो केबल नेपाली चलचित्र उद्योगलाई मात्र नभएर नेपालकै टुरिजम सेक्टरमा पनि ठुलो टेवा पुग्ने बिषय हो, त्यसैले यस्ता किसिमका हाम्रा पहलमा सरकारी तवरबाट पनि हौसला र साथ मिल्नुपर्छ भन्ने मेरो धारणा हो । एकपटक खुलेर साथ, सपोर्ट गर्नुस्, यो भन्दा अर्को बिगेस्ट काम लिएर फेरी नेपालको नाम संसारभर राख्ने प्रयास गर्नेछौं । हिजो मात्रै हामीले हिन्दि भाषाको प्रेम गीत ३ को पोस्टर सार्वजनिक गरेका छौं । बलिउडका नामुद फिल्मकर्मी, अग्रज पत्रकार, बलिउड फिल्मका दर्शकबाट असाध्यै मिठो साथ र सपोर्ट पायौं, सायद तपाईहरु सबैले देख्नुभएको छ । यो साथ र सहयोगका लागि निर्देशक तथा निर्माताको रुपमा निकै आभार व्यक्त गर्दछु । प्रेम गीत ३ को पोस्टर यसरी बलिउड बजारमा छ्यापछ्याप्ती टांसिदै गर्दा म स्वर्गिय दाई तथा निर्देशक छेतेन दाईलाई सम्झिएर भावुक भएको छु । उहां जहां भएपनि सायद देख्नुभएको छ होला, दाई तपाईको आर्शिवाद रहिरहोस् । तपाईंकै कारण हामी यहांसम्म आउन सफल छौं । त्यस्तै, मेरो टिममा रहेका सम्पुर्ण सदस्यहरुप्रति म सधै आभार व्यक्त गर्दछु ।
नेपाली फिल्मका जय होस्
सन्तोष सेन
निर्माता तथा निर्देशक
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको