सिमेन्ट उधोगीहरुको जायज माग सम्बोधन हुन्छ: मन्त्री यादव


वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक सङ्घका पदाधिकारीहरूसँगको छलफल गर्ने क्रममा मन्त्री यादवले नेपालका सिमेन्ट उद्योगलाई संरक्षण, प्रोत्साहन र निर्यातमैत्री बनाउन आफू सकारात्मक रहेको बताएका हुन् ।

“उद्योगीहरुलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो, तपाईँहरुलाई परेका समस्याहरुको समाधानका लागि वन मन्त्रालय सकारातमक छ । हामीबाट हुने कामहरु हामी गर्छौं र अन्य मन्त्रालयसँग पनि समन्वय र समाधानका लागि पहल गर्नेछौ” उनले भने ।

उक्त छलफलमाको क्रममा नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुब राज थापाले वन नियमावली २०७९ का केही प्रावधानहरुका कारण सिमेन्ट उद्योग सङ्कटमा परेको र समयमै सम्बोधन नगरीए अरबौ लगानी भएको उद्योगहरू सङ्कटमा पर्ने र यसले समग्र अर्थतन्त्र लाई नै नकारात्मक प्रभाव पार्ने जानकारी गराएका थिए।

त्यस्तै नेपाल सिमेन्ट उत्पादक सङ्घका कार्य समिति सदस्य तथा एडभान्स ग्रुपका उपाध्यक्ष राजन झा ले प्रावधानहरु संसोधन नहुँदा नेपाली सिमेन्टको मूल्य बढेर जाने र अन्य मुलुकमा निर्यात गर्न नसकिने बताउँदै प्रावधानहरुलाई संसोधन गरेर नेपालको सिमेन्ट उद्योगलाई निर्यातमुखी उद्योगको रुपमा स्थापित गर्न आग्रह गरे ।


Loading comments...