ललितपुर ३ बाट जेसन वैद्यको स्वतन्त्र उम्मेदवारी घोषणा


काठमाडौं । ललितपुर ३ बाट जेसन वैद्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले ललितपुरमा एक कार्यक्रम गर्दै प्रतिनिधि सभा निर्वाचनको लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

ललितपुर सुनाकोठीको बस्ने वैद्य पेशाले व्यापारी र रहरले समाजसेवी हुन्।
उनले आफ्नो उम्मेदवारी घोषणा गरे संगै एक विज्ञप्तीमा सार्वजनिक गर्दै लेखेका छन् ‘मुलुकले नयाँ संविधान र नयाँ व्यवस्था पाएको आधा दशक भन्दा बढी समय भईसक्दा पनि सोचे अनुरुप विकास र समृद्धिको दिशामा अघि बढ्न नसकेको हामी सामु छर्लगैं छ। अझ हिजो भन्दा आज मुलुकमा भ्रष्टाचार, महँगी, दण्डहिनता, जवाफदेहीताको कमी, बढी भएको होकी भन्ने भान आम जनमानसमा पर्न गएको छ। त्यसै गरी कला र संस्कृतिले यति धेरै भव्य यस ललितपुर जिल्लामा पनि यस भन्दा अघिका यहाँबाट विजेता भएर जानु भएका उम्मेदवारहरुले पर्याप्त मात्रामा यस क्षेत्रको विकास र नागरिकको अधिकारको लागी काम गर्न नसकेको मैले महशुस गरेको छु। यी नै तमाम कुराहरुलाई संबोधन गर्नको लागी नै मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ।’

उनले विभिन्न संघ–संस्था तथा व्यवसायलाई सफल ढंगले संचालन गरेर आफ्नो व्यवसायिक जिवन चलाइरहेका उनले आफ्नो क्षेत्र र राष्ट्रको समुन्नत विकास गर्नु बाहेक अरु कुनै स्वार्थ नरहेको स्पष्ट पारेका छन्। वैद्यले ललितपुरका अग्रज व्यक्तित्व, स्थानिय वासिन्दा सबै संग राय सल्लाह गरेको गरेर आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएका छन्।

‘समग्रमा ललितपुर जिल्लाको स्थानिय ज्ञान, कला, संस्कृति, भाषा आदीको जगेर्णा तथा प्रवर्द्धन गर्दै नेपालको हित अनुकुल हुने नीति तथा कानुनको निर्माण गर्नु नै मेरो प्रमुख उद्देश्य हुनेछ। सधैभरी नागरिकको पहुँचमा रही नागरिक र राष्ट्र प्रति समर्पित भई कार्य गर्नेछु’ उनले आफ्नो विज्ञप्ती लेखेका छन्, ‘त्यसैले यस ललितपुर क्षेत्र नं. ३ का स्थानिय वासिन्दा, स्थानिय तथा राष्ट्रिय मिडिया, सबै आफन्त, शुभ–चिन्तक, साथीभाई सबैमा यसै प्रेस विज्ञप्ति मार्फत औपचारिक रुपमा आफुले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागी उम्मेदवारी दिने घोषणा गर्दछु।’


Loading comments...