बालेन ‘ली क्वान यु’ हुनुपर्छ


नरेन्द्रराज प्रसाई । आधुनिक सिङ्गापुरका निर्माता ली क्वान यु थिए । उनकै नेतृत्वले सिङ्गापुरको विकास भयो । अब बालेन पनि काठमाडौँ बनाएर महान् व्यक्तित्वका रूपमा रूपान्तरित हुन् भन्ने मेरो शुभकामना छ ।

१८६३ साल वैशाख १६ गते रणबहादुर शाहलाई उनका सौतेनी भाइ शेरबहादुर शाहले तरबारले काटेका थिए । उनले लगातार तीन पल्ट तरबार हानेपछि रणबहादुर त्यहीँ मरेका थिए । उनको मुक्तिका लागि उनी काटिएको ठाउँ पोखल्ड्याङ अर्थात् धरहरापश्चिममा प्रधानमन्त्री माथवरसिंह थापाले रणमुक्तेश्वर मन्दिर स्थापना गरेका थिए ।

रणमुक्तेश्वर मन्दिर भएको ठाउँको धेरै, धेरै र धेरै जग्गा लुटेराले लुटे । बाँकी रहेको सानो टुक्रा जग्गामा आर.बी. अर्थात् रणबहादुर कम्प्लेक्स स्थापना गरियो । तर त्यहीँको मुटुमा रहेको रणमुक्तेश्वर मन्दिरको ती लुटेराबाट कहिले हेरविचार, सेवा र संरक्षण भएन । अनि तिनीहरुलाई पाप नलागेर कसलाई लाग्छ ? उनीहरुलाई पाप करायो र देवदूत भएर बालेन आए ।

तिम्रो जय होस् प्रिय बालेन !
~
तिमीले यस्तै काम गर्दै गयौ भने केही वर्षमा नै तिमी नेपालको प्रधानमन्त्री हुनेछौ । अनि नेपाल बनाउने जिम्मा पनि तिम्रै काँधमा आउने छ । म त्यही समयको प्रतीक्षामा छु; प्रिय बालेन !


Loading comments...