भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान


भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मिति २०७९ भाद्र २० गतेका दिन नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच वहाँलाई सो सम्मान प्रदान गरिएको हो । सो समारोहमा वहाँलाई खड्ग र स्क्रोल प्रदान गरियो ।

भारत र नेपालबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन विगत सात दशकदेखि रहिआएको छ । सन् १९५० मा भारतीय सेनाका सेनापति जनरल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको सो मानार्थ दर्जा प्रदान गरिएको थियो । गत वर्ष नोभेम्बरमा नेपालका प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई पनि राष्ट्रपति रामनाथ कोविन्दद्वारा नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

सो समारोहपछि जनरल पाण्डेले नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा पाण्डेले सो सम्मानका लागि राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गर्नुभयो ।


Loading comments...