भारतीय सेनाका प्रमुख मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शिष्टाचार भेटवार्ता


भारतीय थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । उक्त भेटवार्तामा भारतीय राजदूत नवीन श्रीवास्तव र अन्य अधिकारीहरुको पनि उपस्थिति थियो ।

भेटमा जनरल पाण्डेले आफ्नो भ्रमण कार्यतालिकाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुका साथै नेपाल सरकारले देखाएको न्यानो आतिथ्यप्रति व्यक्तिगत रुपमा आभार प्रकट गर्नुभयो । भारतीय सेना प्रमुख जनरल पाण्डेले दुई देशबीचको रक्षा सहकार्यलाई थप मजबुत बनाउन प्रयास गर्नेे प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही दिन बिहान जनरल पाण्डेले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गर्नुभएको थियो ।


Loading comments...