Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

९६ वर्षिय ब्रिटिस महारानी एलिजाबेथ द्वितीयाको निधन

२४ भाद्र २०७९, शुक्रबार ०९:२९


बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नुहुनेछ र भोलि लण्डन फर्किनुहुनेछ ।” गत वर्षको अक्टोबरदेखि महारानी एलिजावेथ कतै बाहिर निस्किन सक्नुभएको थिएन । महारानी एलिजावेथ गत वर्ष अक्टोबरदेखि जटिल स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्थ्यो । सन् १९५२ मा ब्रिटेनको महारानी बन्नुभएको वहाँले ७० वर्ष भन्दा बढी शासन गर्नुभएको छ ।

बिहीवार चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा चिन्ताजनक अवस्थामा राखेपछी महारानीका पारिवारिक सदस्यहरु स्कटल्याण्डस्थित एबरडीन नजिकैको बाल्मोरलमा भेला भएका थिए ।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हाल्नुभएको वहाँ ठूलो सामाजिक परिवर्तन तथा एउटा राजनीतिक परिदृश्यको साक्षी हुनुहुन्थ्यो । वहाँको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बन्नुभएको छ ।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहीं उपस्थित हुनुहुन्थयो भने वहाँको अर्का नाति राजकुमार ह्यारी भने बीच बाटोमैं हुनुहुन्थ्यो।

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गर्नुभएको ब्रिटेनको नवप्रधानमन्त्री लिज ट्रसले “महारानी आधुनिक ब्रिटेन निर्माणकोमा चट्टान जस्तै भएको र वहाँले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गर्नुभएको” प्रतिक्रिया दिनुभएको छ ।

नयाँ राजाका बारेमा बोल्दै वहाँले भन्नुभयो, “हामी उनी समक्ष उनको आमाले राजपाठको यो लामो यात्रामा हामीले व्यक्त गरेको समझदारी, बफादारी र समर्पण प्रस्तुत गर्दछौँ । र दोस्रो एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्दछौँ, सम्भवतः महारानीले चाहना गरेको जस्तै गरी र भन्छौँ गड सेभ द किङ् (ईश्वरले राजाको रक्षा गरुन्)।”

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा