
विमानस्थल ओर्लिएलगत्तै गुगली ब्वाए सन्दीप लामिछाने पक्राउ
२० आश्विन २०७९, बिहीबार १२:२६
काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कफ्तान क्रिकेटर सन्दीप लामिछाने कतार एयरवेजको क्यूआर-६४८ नम्बरको विमानमार्फत् लामिछाने नेपाल आइपुगेका छन् । बिहीवार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए ।
सन्दीप विमानस्थलमा ओर्लिएलगत्तै प्रहरीले पक्राउ गरेको छ । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए ।
प्रहरीका अनुसार जुन स्थानमा सन्दिपमाथी उजुरी परेको हो, सोही स्थानबाट कारबाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ भए लगत्तै उनीमाथि प्रहरी कारबाहीको प्रक्रिया समेत सुरु भएको छ ।
सन्दीपले आफ्नो आधिकारिक फेसबुकमार्फत आज १० बजे कतार एअरवेजको विमानबाट नेपाल आइपुगेर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने उल्लेख गरेका थिए ।
सोही अनुसार विमानस्थलमा प्रहरीको टोली पुगेका छन् । आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाईं लड्ने उनले बताएका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा