काठमाडौं–८ मा विराजभक्त श्रेष्ठले दिए उम्मेदवारी


काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा बागमती प्रदेशका पूर्वसांसद विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

उनले आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गरेका हुन् ।

मनोनयन दर्ता गर्ने क्रममा श्रेष्ठले भने,ुअब सहभागितामुलक विकासबाट मात्रै देशले निकास पाउन सक्छ । श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।


Loading comments...