सर्वेन्द्र र भिमशेनदासलाई स्वतन्त्र उम्मेदवार निर्देशको चुनौती


काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

उनले स्विडेनको माल्मो विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा ‘गोल्ड मेडलिस्ट’ समेत हुन्। उनको उम्मेदवारी सँगै काठमाडौं क्षेत्र नम्बर ६ मा राजनीतिक माहौल तातेको छ।

सिलवाल विवेकशील नेपाली दलका पूर्व निर्वाचित महासचिव हुन्। स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु पूर्व विवेकशील साझा पार्टीको सङ्गठन विभागको नेतृत्व गरेका थिए। उनी विगत छ वर्ष देखि अध्यापन पेसामा संलग्न रहेका छन्।


Loading comments...