
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको निधन
३० आश्विन २०७९, आईतवार ०८:२६
काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ । जोशीको आज (आइतबार) बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि जोशीको विगत एक महिनादेखि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा सघन कक्ष मा राखेर उपचार भइरहेको थियो ।
नइ प्रकाशन तथा त्रिमूर्ति निकेतनका सदस्यसचिव जीवनीकार नरेन्द्रराजले आधिकारिक फेसबुकमार्फत् शताब्दी पुरुषको निधनलाई पुष्टि गर्दै लेख्नुहुन्छ, ‘हाम्रा अति श्रद्धेय शताब्दी पुरुष सत्यमाेहन जाेशीको आज बिहान ७ बजे र ९ मिनेटमा किस्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा स्वर्गारोहण भयो ।
डा.जोशीको स्वर्गारोहणमा हामी अति दुखित बन्यौँ । डा.जोशीउपर हामी श्रद्धाञ्जली चढाउँदछौँ ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा