भारतद्वारा वाचा गरिएनुरुप निर्वाचन आयोगलाई ८० वटा सवारी साधन हस्तान्तरण


नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गर्नुभयो । यी सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउनेछ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारीसाधनकै हिस्साको रुपमा यी ८० वटा सवारीसाधन रहेका छन् ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।

सदियौं पुरानो र जनता जनताबीचको गहिरो सम्बन्ध रहेको भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक साझेदारी रहेको छ । यी सवारीसाधनको हस्तान्तरणले भारत र नेपालबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।


Loading comments...