Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

पुकार बमलाई भोट माग्दै निर्देशक प्रदिप भट्टराई र रविन्द्र सिंह बानियाको घरदैलो

२६ कार्तिक २०७९, शनिबार १७:५५

लोकप्रिय

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र सिंह बानिया घरदैलोमा हिडेका छन।

बक्सअफिसमा तहल्का मच्चाईरहेको चलचित्र महापुरुषका निर्देशक प्रदीप र निर्माता रबीन्द्र शनिवार भएको काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार पुकार बमको घरदैलो कार्यक्रममा सरिक भएका हुन्।

युवा सत्याग्रहीको परिचय बनाएका पुकार बमको घरदैलो कार्यक्रममा घन्टि बजाउदै ३ घण्टा उनको पक्षमा भोट मागेका थिए। आफ्नै परिचित ठट्यौली शैलीमा प्रदीपले मतदातासँग भने, ‘पुकार बम हामीलाई चाहिने मान्छे हो। संसदमा चाहिने मान्छे हो।’

यस्तै घरदैलोमा पुगेका कलाकार रबिन्द्र सिंह बानियाले काठमाडौ क्षेत्र नं १ मा पुकार बम सक्षम, ईमानदार र जित्नैपर्ने उम्मेद्वार भन्दै मत मागेका थिए। उनले सञ्चारकर्मीहरुसँग भने, ‘मैले विगत १० वर्षदेखि पुकार बमलाई सडकमा जनताको बीचमा सेवा गरेको देखेको छु। पुकार जस्तो निस्कलंक मानिस संसदमा पुग्नुपर्छ।’

यस्तै घरदैलोमा हिडिरहेका र्याप गायक प्रनिल तिमल्सिनाले यसपाली अरु जस्तो कुरा मीठो गर्नेलाई हैन, पुकार जस्तो कम बोल्ने काम धेरै गर्नेलाई जिताउनुपर्ने भन्दै मतदमतासंग आग्रह गरे।

हेविवेटहरुको भिडन्त मानिएको काठमाडौ क्षेत्र नम्बर १ मा पुकार बम सहित नेपाली कङ्रेसका प्रकासमान सिंह, राप्रपाका रविन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेल तथा एमालेका किरण पौडेल उम्मेदवार छन ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा