Lifestyle Portal
  •   १० चैत्र २०७९, शुक्रबार

सरकारको साझा कार्यक्रम बनाउन केपी ओलीको संयोजकत्वमा समिति गठन

१४ पुष २०७९, बिहीबार १२:२०

लोकप्रिय

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सत्तारुढ दलका एक एक जना प्रतिनिधि रहनेछन् ।

बैठकले साझा कार्यक्रम पाँच दिनभित्र बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात राजनीतिक दलले समर्थन गरेका थिए ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न