Lifestyle Portal
  •   २० माघ २०७९, शुक्रबार

तस्बिरमा तमु ल्होसार रौनक

१५ पुष २०७९, शुक्रबार १३:४६

लोकप्रिय

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् ।

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले  शुभकामना दिएका छन् ।

गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा शुक्रबार तनहुँको दमौलीमा निकालिएको सांस्कृतिक झाँकी । तमु ल्होसार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । तस्बिरः कृष्ण न्यौपाने÷रासस

 

फुङिलङ, १५ पुस ः गुरुङ समुदायको तमु ल्होसारको अवसरमा ताप्लेजुङको सदरमुकाम फुङिलङ बजारमा शान्ति ¥याली कार्यक्रममा नरसिङ्गा बजाउँदै । नरसिङ्गा नेपाली मौलिक बाजा हो । तस्बिरः दिलकुमार लिम्बू÷रासस
काठमाडौँ, १५ पुस ः तमु ल्होसारको अवसरमा शुक्रबार झाकीमा गुरुङ समुदायकी महिला तथा पुरुष नृत्य प्रस्तुत गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस
काठमाडौँ, १५ पुस ः तमु ल्होसारको अवसरमा शुक्रबार झाकीमा गुरुङ समुदायकी महिलाहरु नृत्य प्रस्तुत गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, १५ पुस ः तमु ल्होसारको अवसरमा शुक्रबार झाकीमा गुरुङ समुदायकी महिलाहरु नृत्य प्रस्तुत गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई