Logo
Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार
    • देश
    • जीवन 
      जीवन शैली स्वास्थ्य
    • कला 
      मनोरञ्जन समीक्षा साहित्य
    • राजनीति
    • प्रवास
    • विश्व
    • आवाजहरू
    • शास्त्रार्थ
    • प्रबिधि
    • ENG

    सोह्रौँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

    १७ पुष २०७९, आईतवार १७:०८
    लाइभमाण्डु

    लोकप्रिय
    1
    एकैसाथ हाइकुका आठ पुस्तक बिमोचन
    2
    नेपालमा क्रिस्चियनहरुको इतिहास
    3
    मानसिक समस्या भनेको के हो? यसबाट कसरी बच्ने
    4
    वि. सं. २०७८ मा विवाहका लागि ३१ मात्र

      जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उदेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ ।
      आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल जुत्ता उत्पादक सङ्घले प्रदर्शनीबारे जानकारी दिएको हो । प्रदर्शनी संयोजक सुरज बञ्जाडेले स्वदेशी जुत्ता, चप्पल बढी खपत हुन नसक्नु मुख्य कारण कम प्रतिस्पर्धी हुनुभएको बताउनभुयो । उहाँले भन्नुभयो, “बजार अनुगमन गर्ने क्रममा ग्राहक संगै बिक्रेतालाई समेत नेपाली उत्पादनको गुणस्तरका विषयमा कम ज्ञान भएको देखियो । प्रदर्शनीबाट सबैले जानकारी पाउन सक्नेछन् ।”
      देशभरबाट १२ उद्योगसहित पाँच हजार उद्योगी, बिक्रेताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रदर्शनीले स्वदेशी उत्पादनलाई बाह्य बजारमा समेत बिस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन् ।
      सङ्घका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।”
      नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार ५०० रहेका छन् । नेपाली उद्योगको वार्षिक हाल पाँच करोड जोर उत्पादन गदै आएको बताउनुभयो ।
      यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ । चालु आर्थिक वर्ष २०७७÷७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता, चप्पल आयात भएको छ । २७ लाख ६४ हजार छ सय ४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ । उद्योगीका अनुसार ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन् । विश्वका १८ देशमा नेपाली चुत्ता, चप्पल निर्यात हुने गरेका छन् ।

      प्रतिक्रिया दिनुहोस !
      सम्बन्धित खबरहरु
      ‘काठमाडौँ भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउँछ’

      काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

      नासाले सेयर गर्र्यो सूर्यको लोभलाग्दो तस्बिर

      एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

      बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

      एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

      बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

      कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

      Logo
      Lifestyle Portal
      Livemandu Media Pvt. Ltd.
        Thadodhunga, Dhobighat, SarbodayaMarg,
      Lalitpur, 80115
        (+977) 98511-07090 (Suyog Dhakal)
        [email protected], [email protected]
      OUR TEAM
      Managing Director
      ..........
      General manager
      ..........
      Marketing Manager
      ..........
      Marketing Manager
      ..........
      QUICK LINKS
      विविध
      साहित्य
      समीक्षा
      शास्त्रार्थ
      बिज्ञापन
      जीवन
      कला र संस्कृति
      प्रवास
      आवाजहरू
      हाम्रो बारेमा
      © 2023 LiveMandu
      By : Appharu
      यहाँ खोज्नुहोस