बोकेदारीको काका हरायो !!


इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका हरायो” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
लुइँटेलले आफ्नै युट्युब च्यानलमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।लुइँटेलसँगै गीतमा मनिषा पोखरेलको पनि स्वर रहेको छ।यस गितका रचनाकार अच्युत अधिकारी (ब्याए भुटान) हुन् ।
अंग्रेजी शब्दको बाहुल्यताले आम नेपाली वालवालिकाले नेपाली भाषा र संस्कृतिलाई नै भुल्दै गएको कुरालाई गीतमार्फत उनले अलिक पृथक र रोचक ढंगले प्रस्तुत गरेका छन् ।बालबालिकाका पहिलो गुरु आफ्नै आमावुवा रहेको र विद्यालय घर भएकाले उनीहरूको संस्कारको सुरुवात पनि आफ्नै घर र अभिभावक मार्फत हुने सन्देश दिनका लागि यस म्यूजिक भिडियोको परिकल्पना गरिएको लुइँटेलले बताए ।सामन्य बोलिचालीको भाषा र भावलाई टपक्क टिपेर संगित भर्न र ब्यङ्ग गर्न निकै सिपालु लुइँटेलका यस अघिका `ए बाउ किन्देउ न भट्भटे´,`बोकेदारी´ लगायतका थुप्रै गितले उनलाई हाँस्यब्यङ्ग गायकका रुपमा स्थापित गरिसकेको छ। आफै भिडियोमा पनि देखिने अभिनयमा पनि उत्तिकै अब्बल गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी) को यो पछिल्लो र नवीन प्रस्तुतिलाई उनका शुभ चिन्तकले चर्चा गर्न थालेको देखिन्छ तर आम दर्शकले भने कसरी रुचाउँछन् त्यो भने हेर्न बाँकी छ।


Loading comments...