Lifestyle Portal
  •   १० चैत्र २०७९, शुक्रबार

फुटपाथ कब्जा गरी वर्कसप सञ्चालन गर्नेलाई महानगरले तिरायो ५ हजार जरिवाना

१० फाल्गुन २०७९, बुधबार २१:३१

लोकप्रिय

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ।

बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ रहेको ओम मोटरसाइकल वर्कसपलाई ५ हजार जरिवाना तिराएको छ।

सार्वजनिक सडकपेटी अतिक्रमण गरी उक्त वर्कसप सञ्चालन गर्दै फोहोर–मैलासमेत गरेको भन्दै महानगरले जरिवाना तिराएको हो।

सडकपेटी नै अतिक्रमण गरी २ सयभन्दा धेरै वर्कसपहरू सञ्चालनमा रहेको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताए। नयाँ मापदण्ड बनाएर त्यस्ता वर्कसपहरूलाई कानुनी दायरामा ल्याउने तयारी भएको प्रहरी प्रमुख पाण्डेको भनाइ छ।

फुटपाथ ओगट्ने, कालो मोबिल फुटपाथमा फाल्ने, पानी बगाएर पैदल यात्रु र सवारीसाधनहरूलाई हिँड्न समस्या पार्ने त्यस्ता वर्कसपहरूलाई कारबाहीको दायरामा ल्याउने पाण्डेले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न