बलिउडका रमाइला ‘पप्पू पेजर’ सतीश कौशिकको मृत्यु


भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले सतीश कौशिकलाई श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, “मृत्यु नै यो संसारको अन्तिम सत्य हो भन्ने मैले जानेको छु। तर मेरो जिगरी यारको बारेमा मैले यस्तो लेख्नेछु, यस्तो होला भन्ने मैले सोचेको थिएन। ४४ वर्षको हाम्रो मित्रतामा यस्तो अचानक पूर्णविराम !! Life will NEVER be the same without you SATISH ! ओम् शान्ति! 💔💔💔”

सतीश कौशिकको जन्म १३ अप्रिल १९६५ मा भारतको हरियाणामा भएको थियो। वहाँ एक स्तरीय कलाकारका साथै सफल निर्देशक, निर्माता तथा स्क्रिप्ट लेखकका रुपमा पनि बलिउडमा चर्चित थिए। उनले व्यवसायिक कलाकारिताको प्रारम्भिक समयहरूमा रंगमञ्चमा पनि काम गरेका थिए।

फिल्म अभिनेता रुपमा सतीश कौशिकले सन् १९८७ मा सार्वजनिक भएको बोनि कपुर र सुरिन्दर कपुरको संयूक्त लगानी तथा शेखर कपुरको निर्देशन रहेको चलचित्र “मिस्टर इण्डिया”को चर्चित पात्र ‘क्यालेन्डर’बाट पहिचान बनाएका थिए। यसपछि उनले १९९७ मा “दीवाना मस्ताना”मा निभाएको ‘पप्पू पेजर’को भूमिकाले उनको हास्यरसप्रति समर्पण देखाउछ। सतीश कौशिकलाई १९९० मा “राम लखन” र १९९७ मा “साजन चले ससुराल”को लागि सर्वश्रेष्ठ हास्य अभिनेताको फिल्मफेयर पुरस्कार पनि प्राप्त भएको थियो।


Loading comments...