Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

अष्ट्रेलियामा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोक गुर्खास किचेनलाई

१३ चैत्र २०७९, सोमबार ०६:४२


अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा गुर्खास किचेनले ८८४८ क्रिकेट टिमलाई ४ विकेटले पराजित गरेको हो ।

दुक्स ओवल मैदानमा भएको फाइनल खेलमा टस जितेर ८८४८ क्रिकेट टिमले पहिले ब्याटिंग गरेको थियो, पहिलो पारिमा उसले ५३ रन बनाएको थियो, जवाफी ब्याटिंगमा उत्रेको गुर्खास किचेनले पनि दिएको लक्ष्य ३ बल बाकि रहदा हात पारेको थियो ।

राउण्ड रबिन फर्म्याटमा खेलाइएको उक्त प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो । एक दिने प्रतियोगिताको उत्कृस्ट खेलाडीको उपाधि प्रज्वल खारेलले हात पारे भने, उत्कृस्ट बलर र ब्याट्सम्यान क्रमस बिशाल पाठक र एभरेष्टले हात पारे । प्रतियोगिताको फाइनलमा ८८४८ अंक तालिकाको शीर्ष स्थानमा रही प्रवेस गरेको थियो भने गुर्खासको टोलि तालिकामा तेश्रो भइ प्ले अफ खेलेर पुगेको थियो ।

प्रतियोगिता अवधि भर मैदानमा बाक्लो नेपाली दर्शकको उपस्तिथि रहेको थियो । खेल अवधि भर आफु नेपाल कै कुनै मैदानमा बसी खेल हेरिरहेको अनुभव भएको एक दर्शकले जनाएका छन् । प्रतियोगिताको दोस्रो संस्करणको लागि पनि तयारी भैरहेको र दोश्रो संस्करण अझ आकर्षक हुने आयोजक मानिस भट्टराईले जानकारी दिनुभयो ।

यस प्रतियोगिताको मुख्य प्रयोजन सक्सेस एजुकेसन एण्ड भिसा सर्भिसेसले गरेको थियो भने मल्टि डाइनामिक, मिदास फाइनान्स, डेसी टड्का, रसोइ मास्टर, भियतनाम ओइ, अन्नपूर्ण बेभरेज, ८८४८ म: म: हाउस, नेपाली कम्युनिटी गोल्ड कोस्टले प्रतियोगिताको सह प्रायोजक थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको