Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

पहिले वाग्मती जोगाऊँ अनि लिपुलेक, लिम्पियाधुरा पनि जोगाउँला : मेयर शाह

१५ चैत्र २०७९, बुधबार १४:३२


काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ,’ उनले भने ‘हामी वाग्मती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’

सम्मेलनमा मेयर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन आग्रह गरेका छन् । मेयर शाहले स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताएका थिए । उनले यसका लागि यसपटकको सरकार केही समय टिकेमा आफूलाई समन्वय गर्न सहज हुने बताएका छन् ।

‘हाम्रो स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि,’ शाहले भने, ‘जस्तो अहिले सम्माननीयज्यू यहीँ हुनुहुन्छ, मन्त्रीज्यू यहीँ हुनुहुन्छ । उहाँहरुको सरकार टिकिदिँदैन र हामीलाई कहिलेकाँही गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि आग्रह गर्छु यसपालि सरकार चाहिँ केही समयलाई टिकिदिए पनि हामीलाई समन्वय गर्न सजिलो हुन्छ । किनभन्दा धेरै कुराहरु जोडिँदो रहेछ । स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुन्छन् ।’

त्यस्तै उनले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत रहेका उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन भनेका छन् । उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताएका छन् ।

‘साँच्चै सरकार सिंहदरबारमा मात्रै नभएर पालिका पालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै नभएर पालिका पालिकामा छ भन्ने कुरालाई आगामी दिनमा साँच्चै अवलम्बन गर्न सकियोस्,’ कार्यक्रममा बोल्दै मेयर शाहले भने, ‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा आउन नपरोस् । आफ्नै पालिकामा यस्तो न्यायहरु समाधान होस् । यसका लागि तपाईंहरु जिम्मेवार पनि हुनुहुन्छ।’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको